नयाँ सुचनाहरु:
  • हरितालिका (तीज) को अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • श्रीकृष्ण जन्माष्टमी, माननीय सभामुखज्यूको शुभकामना

  • जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सभामुखज्यूको शुभकामना

  • तह वृद्धिका लागि आवेदन दिने सम्बन्धी सूचना

  • गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • नव बर्ष, २०८२ सालको अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • फागु पुर्णिमा (होली) पर्व, २०८१ को अवसरमा माननीय सभामुखज्यूको शुभकामना

सामाजिक विकास समिति

कोशी प्रदेश सभा अन्तर्गत रहेका बिभिन्‍न  संसदीय समितिहरु मध्ये सामाजिक बिकास समिति एक महत्वपूर्ण समिति हो। संसदीय समितिले संसदका गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने हुँदा यसलाई सानाे संसद (Mini Parliament)  पनि भन्ने गरिन्छ ।समिति प्रदेश सभाका  माननीय सदस्यहरुबाट गठन गरिन्छ र जसमा बिभिन्न राजनीतिक दलका माननीय सदस्यहरुको प्रतिनिधित्व हुन्छ। सभामुखको सिफरिसमा गठन हुने यस समितिमा सभापति र आवश्यकतानुसार सदस्यहरु रहनेछन्। सामाजिक बिकास समाजमा न्याय, समानता र समावेशीतालाई प्रवर्दन  गर्दै शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा, खेलकुद, सामाजिक सुरक्षा, जातीय तथा सांस्कृतिक पहिचान आदिका बिषयमा  नी‍तिगत विकासात्मक तथा कार्यक्रमगत पक्षहरुको अनुगमन, निरिक्षण गरि सम्बन्धित विषयगत मन्‍त्रालयलाई सुझाव सहित आवश्यक निर्देशन गर्न सक्नेछ। बिषेशतः प्रदेश सभामा पेश भएका विधेयकहरुलाई अझ व्यवहारिक, जनउत्तरदायी र प्रभावकारी बनाउने कार्यमा भूमिका निर्वाह गरि संसदीय प्रक्रिया अनुसार समितिमा विस्तृत अध्ययन, समिक्षा, सुझाव र आवश्यक संशोधनका कार्यहरु गरि पुनः प्रदेश सभामा सुझाव सहित पठाउने गर्दछ।